Shikhar Insurance
National Life

वार्षिक ११ % ब्याज पाइने कुमारी बैंकको ऋणपत्र बिक्री खुला,आवेदन कहिलेसम्म दिन पाइने?

सिंहदरबार संवाददाता
२०७९ भाद्र १७, शुक्रबार १२:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले शुक्रबार (आज) देखि ऋणपत्र बिक्री खुला गरेको छ । बार्षिक ११ प्रतिशत ब्याजदरमा बैंकले १ हजार रुपैयाँ अंकित मुल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो ।

बैंकको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ नामक ऋणपत्रमा भदौ २१ गतेसम्म र आवश्यक आवेदन नपरेमा भदौ ३१ गतेसम्म बिक्री खुला हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जारी ऋणपत्रमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्। ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्