काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जवी नेपाल पाल्पाबाट निर्वाचन लड्ने भएका छन् । उनी पाल्पा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको उम्मेदवारका लागि सिफारिस भएका हुन् । क्षेत्रिय निर्वाचन समितिले डा. नेपालसहित बिर बहादुर राना र पूर्व सांसद हरि प्रसाद नेपाललाई सिफारिस गरेको छ ।
सुशिल कोईराला प्रधानमन्त्री हुँदा उनी आर्थिक सल्लाहकार बनेका थिए । सल्लाहकार रहेकै समयमा उनलाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरिएको थियो । त्यस अघि उनी सुजाता कोइराला परराष्ट्र मन्त्री हुँदा पनि सल्लाहकारको भूमिका थिए ।
राष्ट्र बैंकमा गभर्नर हुँदा डा. नेपालले बैंक तथा वित्तिय संस्थाको पुँजी वृद्धि गराएका थिए भने बिग मर्जरको आरम्भकर्ता पनि उनै नेपाल हुन् ।
डा. युवराज खतिवडालाई प्रतिष्पर्धी ठान्ने डा. नेपाललाई भावी अर्थमन्त्रीका रुपमा हेर्ने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्