Shikhar Insurance
National Life

एमाले अध्यक्ष केपी ओलीसँग हास्यकलाकार कुमार कट्टेल (जिग्री) चुनाव लड्दै

सिंहदरबार संवाददाता
२०७९ भाद्र १५, बुधबार १२:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । हास्यकलाकार एवं सामाजिक अभियन्ता कुमार कट्टेल (जिग्री) एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्ने भएका छन् । जिग्रीले प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष ओलीलाई चुनौती दिँदै झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेद्धवारमा लड्ने घोषणा गरेका हुन् ।

उनी चर्चित हास्यकलाकार सिताराम कट्टेलका माहिला भाइ हुन् । जिग्रीले सरकारद्वारा घोषित ४ मंसिरको प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेद्धारी दिने भएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘नीति निर्माण तहमा सक्षम युवा’ चुनावी नारा सहित उनले एमाले अध्यक्ष ओलीलाई चुनौती दिँदै झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेद्धवारी दिने घोषणा आफ्नो सामाजिक सञ्जालमार्फत् गरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्