Shikhar Insurance
National Life

श्रृजनशील लघुवित्तको आईपीओमा आवेदन खुल्यो, कति पर्ला ?

सिंहदरबार संवाददाता
२०७९ भाद्र १५, बुधबार ०७:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन खुलेको छ । कम्पनीको आईपीओिमा बुधबारदेखि १९ गतेसम्म आवेदन दिन सकिन्छ ।

कम्पनीले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कुल निष्काशनको ०.५ प्रतिशतले हुने ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशतले हुने १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ३ लाख ६८ हजार ५९० कित्ता शेयरमा आम सर्वसाधारणले आवेदन दिन सक्छन् ।

कम्पनीको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ कायम हुनेछ ।

आईपीओमा न्यूनतम १० कित्तादेखि एक हजार कित्तासम्म आवेदन दिन सकिन्छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्