काठमाडौं । साताको दोस्रो कारोबारको दिन सुन प्रतितोला ६ सय रुपैयाँले ओरालो लागेको छ । तिज नजिकिदै गर्दा सुनको मूल्य बढ्ने भएपनि अहिले भने घटेको हाे।
तिजको अघिल्लो दिन छापावल सुन तोलामै ६ सय रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावल सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यसैगरि, तेजावी सुन पनि प्रतितोलाा ६ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुन ९४ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी कहासंघका अनुसार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।
प्रतिक्रिया दिनुहोस्