Shikhar Insurance
National Life

२ लाख २९ हजार ४ सय ६८ जनाले पाए पिपुल्स पावरको आइपिओ, तपाईलाई पर्यो ?

सिंहदरबार संवाददाता
२०७९ भाद्र १२, आईतवार १५:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । पिपुल्स पावर लिमिटेडको प्राथमिक शेयर बाँडफाँड सम्पन्न भएको छ । पिपुल्स पावर लिमिटेडको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने १६ लाख ३१ हजार ३८ वटा आवेदन मध्ये दोहोरो आवेदनका कारण रद्ध भएका १ हजार ६ सय ८ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ३ हजार ५ सय ४ बाहेक बाँकी रहेका योग्य आवेदनहरु १५ लाख ५१ हजार ४ सय १३ वटा मध्येबाट २ लाख २९ हजार ४ सय ६८ जनालाई न्यूनतम १० कित्ता गरी २२,९४,६८० र २ जनालाई थप १ कित्ता गरी जम्मा २२,९४,६८२ कित्ता शेयर बाँडफाँड गरिएको छ ।

प्रभु क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई साउन ३१ गते देखि भदौ ५ गते सम्म सार्वजनिक निष्काशन खुला गरिएको पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा निष्काशन गरिएको कूल शेयर २४ लाख ६७ हजार ४ सय कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख २३ हजार ३ सय ७० कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ४९ हजार ३ सय ४८ कित्ता छुट्याई बाँकी रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब ७.३७ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्