काठमाडौं । साताको पहिलो कारोबारको दिन सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।
नेपाली बजारमा आइतबार छापावल सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ९५ हजार १ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावल सुन ९५ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, तेजावी सुन पनि प्रतितोला ७ सय रुपैयाँले घटेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । महासंका अनुसार आइतबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोाला ११ सय ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य तोक्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्