Shikhar Insurance
National Life

एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड २ को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०७९ भाद्र ९, बिहीबार १२:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड २ को इकाईका लागि आवेदन दिने आज(भदौ ९ गते) अन्तिम दिन रहेको छ । क्यापिटलले साउन २६ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको म्युचुअल फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन हो ।

क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरले १२ करोड इकाई निष्काशन गरेको हो । क्यापिटलले निष्काशन गरेको कुल इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ८६ लाख इकाई कोष प्रबद्धधक कम्पनी एनएमबि बैंक तथा १ प्रतिशत इकाई अर्थात १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याइ बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणको लागि निष्काशन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड २ एक बन्दमुखि योजना हो । यस योजनाको अवधि बाँडफाँड भएको मितिले १० वर्षको हुनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्