Shikhar Insurance
National Life

सामान्य अंकले बढ्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ भाद्र ८, बुधबार १७:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । विगत केहि दिन देखि सुस्त देखिएको सेयर बजार बुधबार पनि गति लिन नसकेको हो ।

बुधबार कारोबारको सुरुवातमा बजार केहि बढेको भए पनि अन्तमा सामान्य बढेर बन्दा भएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार २.८६ अंकले घटेर २,०५७.८४ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.६० अंकले बढेर ३९८.२९ को विन्दुमा बन्द भएको हो ।

दिनभरीमा २२३ कम्पनीको ३६ लाख ७८ हजार ७ सढ ५ कित्ता सेयर १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार रुपैयाँमा कारोबार भए । सो दिन कारोबारमा आएको १०१ कम्पनीको सेयर मूल्य बढेको छ । ७३ कम्पनीको घटेको छ । भने, १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
कारोबार रकमको आधारमा अरुण काबेली पावर कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको १६ करोड ९२ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरि, अपि पावर कम्पनीको ८ करोड ८ लाख २५ हजार, रिडी पावरको ५ करोड ६४ लाख ६७ हजार, हिमालयन डिस्टिलरीको ५ करोड ११ लाख ८२ हजार र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ४ करोड ४७ लाख ५९ हजार रुपैयाँ बराबारको सेयर खरिदबिक्री भएको छ ।

मन्दाकिनी हाइड्रोपावर कम्पनी र अपर हेवाखोला हाईड्रोपावर कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । सिद्धर्थ इक्युटी फण्डको सेयर मूल्य सबैभन्दा बढी ३.५८ प्रतिशतले घटेको हो ।

समूहगत उपसूचकहरु ७ वाटा बढेको छ । सबैभन्दा बढी लाईफ इन्स्योरेन्स समूह ०.५१ प्रतिशतले बढेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्