काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । एक साता अघिदेखि निरन्तर रुपमा घटीरहेको सुनको मूल्य आज भने बढेको हो ।
बुधबार छापावल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ९५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
तेजावी सुन पनि प्रतितोला ३ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुिन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी पनि बढेको जनाएको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी ११ सय ६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।
प्रतिक्रिया दिनुहोस्