काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (भदौ ८ गते) बाँडफाँड भएको छ । लघुवित्तले साउन २४ गतेदेखि २९ गतेसम्म आवेदन दिन सक्ने गरि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको आईपीओ आज बाँडफाँड गरेको हो ।
लघुवित्तले अंकित मूल्य १०० रुपैयाँका दरले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । त्यसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १ सय ५५ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १६ हजार ५ सय ५० कित्ता सामूहिक लगानी कोष्का लागि छुट्याइएको छ । भने, बाँकी रहेको ३ लाख ८ हजार २ सय ९५ कित्ता सर्वसाधारका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।
लघुवित्तको आईपीओमा कुल १८ लाख ६४ हजार ६ सय ४० जना मध्ये ३० हजार ९ सय २९ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । सो मध्ये भाग्यमानी ५ जनाले थप १ कित्ता अर्थात ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।
लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथामार्फत सेयर बाँडफाँड गरिएको हो । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापीटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्