काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले अंकित मूल्य १०० रुपैयाँका दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट साउन १८ गते
आईपीओ निष्काशन अनुमति पाएको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ मध्ये ०.५ प्रतिशत अर्थात ५ हजार ४ सय ७० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १९ हजार ६ सय ९० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी रहेको ३ लाख ६८ हजार ५ सय ९० कित्ता सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
लघुवित्तको आईपीओ भदौ १५ गते निष्काशन भएपछि अवेदकले छिटोमा भदौ १९ गतेसम्म र ढिलोमा भदौ २९ गतेसम्मका लागि आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्