Shikhar Insurance
National Life

इष्टर्न हाइड्रोपावरको आईपीओ निष्काशन

सिंहदरबार संवाददाता
२०७९ भाद्र ७, मंगलवार १२:१९
Hyundai
NCELL
NIMB

काठमाडैं । इष्टर्न हाइड्रोपावर कम्पनीको आईपीओ आज (भदौ ७ गते) देखि निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ६ लाख २० हजार कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । लगानीकर्ताले आईपीओ न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको आईपीओ भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाहरुले आवेदन दिन पाउनेछ । कम्पनीको आईपीओमा छिटोमा भदौ २१ गते र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद असोज ५ गते सम्म लम्बिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्केट रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्