काठमाडौं । साताको दोस्रो कारोबारको दिन प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । सोमबार प्रिओपन सेसनमा नेप्से परिसूचक ०.४८ अंकले बढेको हो ।
त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.२० अंकले बढेको छ ।
प्रिओपन सेसनमा ११ कम्पनीको ५ सय ८८ कित्ता सेयर २ लाख १३ हजार रुपैयाँमा खरिदबिक्री भएको छ । सो दिन कारोबारमा आएको ५ कम्पनीको सेयर मूल्य बढेको छ । ४ कम्पनीको घटेको छ । भने, २ कम्पनीको सेयर मूल्य स्थिर छ ।
कारोबार रकमको आधारमा स्वातगंगा हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको १ लाख ३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।
सो सेसनमा युनाईटेड मोदी हाइड्रोपावर, स्वातगंगा र मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १.९९ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्