Shikhar Insurance
National Life

सामान्य अंकले घट्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ भाद्र ५, आईतवार १५:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । गत साताको अन्तिम कारोबारको दिन बिहिबार दोहोरो अंकले बढेर बन्द भएको नेप्से आइतबार भने सामान्य अंकको गिरावट आएको हो ।

आइतबार नेप्से परिसूचक ७.७२ अंकले घटेर २,०६०.५५ को विन्दुमा बन्द भएको छ । ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.४९ अंकले घटेर ३९८.५८ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल स्टक एक्सचेन्जका अनुसार दिनभरीमा २१८ कम्पनीको ५३ लाख ३९ हजार ४ कित्ता सेयर २ अर्ब ४ करोड ७० लाख ९३ हजार रुपैयाँमा खरिदबिक्री भए । सो दिन कारोबारमा आएको ४७ कम्पनीको सेयर मूल्य बढेको छ १३२ कम्पनीको घटेको छ । भने, ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

कारोबार रकमको आधारमा रिडी पावर कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको १२ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यस्तै अपि पावर कम्पनीको १० करोड २५ हजार, नेष्डो समृद्धि लघुवित्तको ७ करोड ५१ लाख ३१ हजार, नेपाल टेलिकमको ६ करोड ५४ लाख ३५ हजार र हिमालयन डिस्टिलरीको ४ करोड ७७ लाख १० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । अपर हेवाखोल हाइड्रोपावर कम्पनीको सेयर ९.९८ प्रतिशत बढेको छ । सो दिन रिभर फल्र्स पावर कम्पनीको सेयर धनीले ५.१९ प्रतिशतले गुमायका छन् ।

समूहगत उपसूचकहरु ४ वटा बढेका छन् । भने, ९ वटा घटेको छ । बढेका मध्ये होटल एण्ड टुरिजम समूह १.०६ प्रतिशतले बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्