Shikhar Insurance
National Life

आजबाट सान्जेन जलविद्युतको आइपीओ निष्काशन

सिंहदरबार संवाददाता
२०७९ भाद्र ५, आईतवार ११:००
Hyundai
NCELL
NIMB

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको आइपीओ आज (भदौ ५ गते) देखि आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रको बासिन्दाहरुको लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीको सेयर छिटोमा भदौ १९ गते र ढिलोमा असोज ४ गतेसम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले १० प्रतिशत अर्थात ३६ लाख ५० हजार कित्ता साधारण सेयर स्थानिय बासिन्दाको लागि निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीको सेयरमा अति प्रभावित क्षेत्र आमाछोदाङमो गाँउपालिका वडा नं. ५ चिलिमे, प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाटादीङमो गाँउपालिका वडा नं. ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदीङमो गाँउपालिकाका अन्य वडाहरु १,२,३, तथा न्यून प्रभावित बाँकी सबै जिल्लाबासीहरुका लागि आवेदन खुल्ला गरेको हो ।

कम्पनीले निष्काशन गरिएको कुल १० प्रतिशत सेयरमा अति प्रभावित क्षेत्र,प्रभावित क्षेत्र, सामान्य प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.२५ः३ः१.५ः१ को अनुपातमा बाँडफाँड गरिने भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्