Shikhar Insurance
National Life

सरकारले इन्धनको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्छः नेता सिंह

सिंहदरबार संवाददाता
२०७९ भाद्र ४, शनिबार २०:१७
Hyundai
NCELL
NIMB

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्यवृद्धि नियन्त्रणमा सरकार लाग्नुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिका–१० लाखेचौरमा निर्माण भएको सामुदायिक सभा हलको उद्घाटन गर्दै उनले महँगीको मारमा परेका जनतालाई राहत दिलाउनका लागि सरकारले इन्धनको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।

स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने उनको भनाइ थियो । “इन्धनमा स्वचालित मूल्य कायम गरिएको छ, सोही अनुसार सरकार अगाडि बढ्नुपर्छ, उपभोक्तालाई मारमा पार्न हुँदैन”, उनले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्वचालित मूल्य प्रणाली लागू गरिए पनि अन्तर्राष्ट्रिय बजारमा तीन पटकसम्म इन्धनको मूल्य घट्दा नेपालमा मूल्य नघट्नु दुःखद् कुरा भएको उनको भनाइ थियो । सरकारका काम कारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्