Shikhar Insurance
National Life

सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्नुपर्छः मन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०७९ भाद्र २, बिहीबार १९:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न निर्देशन दिएका छन् । बिहीबार शिक्षा समन्वय इकाईका प्रमुखहरुलाई प्रशिक्षण दिँदै सार्वजनिक विद्यालयको शैक्षिक अवस्था सुधार गरी विद्यार्थीको आकर्षण केन्द्र बनाउन निर्देशन दिएका हुन् ।

‘स्थानीय तहसँग समन्वय गरी कुन विद्यालयको अवस्था कस्तो छ भन्ने विवरण संकलन गर्नुहोस्’, उनले भने, ‘ विद्यालय सुधार्ने जिम्मा हाम्रो काँधमा छ ।’ उनले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि शिक्षक तालिम, शिक्षकद्वारा गरिने अनुसन्धान र अन्य प्रवर्धनात्मक काम, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा र समावेशी शिक्षाका लागि आवश्यक तालिमको काममा समन्वय गर्न समेत मन्त्री पौडेलले निर्देशन गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शिक्षक सेवा आयोगको नियामवली संशोधन प्रश्चात शिक्षक सेवा आयोगले काम गरिरहेको भन्दै आयोगबाट तोकिएबमोजिमकाम छिटो सम्पन्न गर्न आग्रह गरे । विद्यालय समायोजनलागतयका कामम सक्रियता पूर्वक काम गर्न मन्त्री पौडेलले निर्देशन दिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्