काठमाडौं । बिहीबार प्रिओपन सेसनमा नेप्से परिसूचक १.०१ अंकले बढेर २,०४१.७१ को विन्दुमा पुगेको छ ।
त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.४५ अैकले बढेको छ ।
बिहीबार प्रिओपन सेसनमा १४ कम्पनीको १ हजार १ सय ४६ कित्ता सेयर ७ लाख ३१ हजार रुपैयाँमा खरिदबिक्री भएको छ । सो सेसनमा कारोबारमा आएको ९ कम्पनीको सेयर मूल्य बढेको छ । भने, ४ कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबार रकमको आधारमा रिडी पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३ लाख २५ हजार रुपैयाँ बराबरको सयर खरिदबिक्री भएको हो । त्यसैगरि स्वावलम्बल लघुवित्तको २ लाख १६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
श्री इन्भेष्टमेण्ट र स्वावलम्बल लघुवित्त वित्तीय संस्थको सेयर मूल्य २ प्रतिशतले बढेको छ । भने मानुषी लघुवित्त वित्तीय संस्थाको सेयरधनीहरुले २ प्रतिशतले गुमायका छन् ।
सो दिन प्रिओपन सेसनमा ५ वटा समूहगत उपसूचकहरु बढेको छ । सबैभन्दा बढी डेभलपमेण्ट बैंक समूह ०.१९ प्रतिशतले बढेको हो ।
प्रतिक्रिया दिनुहोस्