Skip to content
Shikhar Insurance
National Life

‘कच्चा पदार्थमा आधारित उद्योग प्रवद्र्धनमा जोड दिन्छु’

Hyundai
NCELL
NIMB

 

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रवद्र्धनमा जोड दिने बताएका छन् ।

कर्णालीमा ठूला लगानीका उद्योग नभएको जनाउँदै उनले स्थानीय कच्चा पदार्थमा आधारित उद्योग विकासलाई प्राथमिकतामा राखेको बताए । “प्रथमतः चालु आव २०७९/८० को बजेट कार्यान्वयमा मेरो विशेष जोड हुनेछ, मन्त्री शाहीले भने, दोस्रो प्रदेशस्थित लगानी प्रवद्र्धन बोर्डमार्फत साना उद्योगको विकास र प्रवद्र्धन जोड दिन्छु ।”

उनले कर्णालीमा लगानीबाट सञ्चालन हुने उद्योगका विषयमा सङ्घीय सरकारसँग पहल गर्ने बताए । कर्णालीका जाजरकोट, सुर्खेत, दैलेखमा खानीलगायतका प्राकृतिक स्रोतको उपयोगका लागि यहाँको हावापानी र माटो सुहाउँदो उद्योग मोडेलमा जोड दिने जनाउँदै उनले उद्योगी व्यवसायीलाई ब्याजमा सहुलियत दिन सरकारले सहयोग गर्ने बताए ।

कर्णालीको जडीबुटीको राजस्व सङ्घमा बुझाउनुपर्ने नियमले यहाँका नागरिक मर्कामा परेको बताउँदै मन्त्री शाहीले भने, अब कर्णाली प्रदेशका ६ वटा विमानस्थलको स्तरोन्नति र विकासमा सरकारको ध्यान जान्छ, दश जिल्लामा १/१ पर्यटन क्षेत्र र तत्पश्चात् ७९ स्थानीय तहमा पर्यटन घोषणा गर्ने नीति अगाडि बढाउँछौँ ।”

यता नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर बिसी नेतृत्वको टोलीले आज मन्त्री शाहीलाई भेटेर कोरोनाका कारण खस्केका उद्योग उकास्ने कार्यक्रम ल्याउन अनुरोध गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्