Shikhar Insurance
National Life

कृर्षिबाट मनग्य आम्दानी गर्दै डडुवाका किसान

सिंहदरबार संवाददाता
२०७९ भाद्र १, बुधबार १७:५७
Hyundai
NCELL
NIMB

गलेश्वर । एक दशकसम्म बहराइनमा काम गर्दा खासै कमाई गर्न नसकेपछि फर्किएका बेनी नगरपालिका–५ डडुवाका ५२ वर्षीय मोहन भण्डारी अहिले व्यावसायिक तरकारी खेतीमा व्यस्त छन्। उनि तरकारी खेती गरेर वार्षिक ५ लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।

भण्डारी तरकारीसँगै फलफूल खेतीमा समेत व्यस्त छन् । गोडमेल, मलजल र फलफूल रेखदेखनै उनको दैनिकी बनेको छ । भण्डारी मात्रै होइन डडुवाका भरत भण्डारी, अर्जुन भण्डारी, डेकबहादुर पाइजा, भीमबहादुर पाइजा, वीरबहादुर भण्डारीलगायत व्यक्ति गाउँमै व्यावसायिक तरकारी खेती र पशुपालनमा लागिपरेका छन् । उजाड र उराठलाग्दो डडुवा हराभरा भएको छ । तरकारी खेती र पशुपालन गरेर उनिहरुले विदेशमा भन्दा बढी कमाई गर्दैआएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विदेशमा रहँदा तरकारी र पशुपालनको क्षेत्रमा गरेको कामको अनुभवलाई लिएर स्वदेश फर्किएपछि भण्डारीले आफूले जानेको सीपलाई कृर्षि पेसामा लगाए । भण्डारीले दुई आधुनिक टनेल, तीन सामान्य टनेल र दुई हाइटेक प्रविधिको टनेलभित्र गोलभेँडा खेती गरेका छन् । वार्षिक सरदर १ लाख ५० हजार रुपैयाँको लगानी गरी उनले टनेलमा गोलभेँडा, सिमला खुर्सानी, बारीमा काँक्रो, भन्टा, खुर्सानी, साग लगायतका तरकारी लगाएका छन् ।

गोलभेँडा बिक्रीबाट बर्सेनी ४ लाख आम्दानी हुन्छ, उनले भने। बन्दा, काउली, खुर्सानी, भन्टालगायत बिक्री गरी मासिक १ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको भण्डारी बताउँछन् । अहिले डडुवाका प्रायःले तरकारी खेती सुरु गरेका छन् । गाउँमा तरकारी र पशुपालनको लहर नै चलेको छ । उनीहरु आर्थिक रुपमा सबल बन्दै गएका स्थानीय शिक्षक प्रेम नेपालीले बताए ।

डडुवामा अहिले जताततै टनेल छन्, टनेलभित्र तरकारी खेती फष्टाएको छ, उनले भने । सिँचाइ गर्न स्थानीयले गाउँमा नै पक्की ट्याङ्कीसमेत निर्माण गरेका छन् । बर्खाको पानी जम्मा गर्नका लागि बनाइएका ती ट्याङ्कीको पानी हिउँदमा समेत सिँचाइ गर्न प्रयोग गर्ने गरिएको कृषक पदम भण्डारीले बताए । अर्का कृषक भीम पाइजा खुर्सानी बेचेर वार्षिक डेढ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । यस्तै डेकबहादुर पाइजाले तरकारी खेतीका साथै बङ्गुरपालनसमेत गरेका छन्। आम्दानी बचतसमेत गर्ने गरेको कृषक भण्डारी बताउँछन् । “तरकारी, फलफूल र पशुपालन गर्नसके पैसा कमाउन विदेश जानु पर्दैन, उनले भने ।

तरकारी र फलफूल बिक्री गर्न बजारको समस्या छैन । गाउँमा सडकको पहुँच छ । सङ्घ, प्रदेश र स्थानीय सरकारले कृषक लक्षित विभिन्न नीति तथा कार्यक्रम ल्याएको छ । तर त्यसबाट कृषक लाभान्वित हुन सकेका छैनन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्