Skip to content
Shikhar Insurance
National Life

विदेशी सञ्चिति एक वर्षमा १३.१ प्रतिशतले घट्यो, ९ अर्ब ५४ करोड अमेरिकी डलरमा सीमित

Hyundai
NCELL
NIMB

काठमाडौं । मुलुकको कुल विदेशी विनिमय सञ्चिति १३.१ प्रतिशतले घटेको छ । आर्थिक वर्ष १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ मौज्दात रहेको कुल विदेशी सञ्चिति गत आवको असार मसान्तसम्म १३.१ प्रतिशतले कमि आएर १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँमा सीमति भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकद्वारा सार्वजनिक मुलकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सो देखाएको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ असार मसान्तमा १८.९ प्रतिशतले कमी आई ९ अर्ब ५४ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रुपौयँ रहेकोमा २०७९ असार मसान्तमा १५.१ प्रतिशतले कमी आई १० खर्ब ५६ अर्ब ३९ करोड रुपौयँ कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०७९ असार मसान्तमा ३.२ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ । २०७९ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्