Shikhar Insurance
National Life

आजदेखि पिपुल्स पावरको आईपीओ बिक्री खुल्ला

सिंहदरबार संवाददाता
२०७९ श्रावण ३१, मंगलवार १०:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । पिपुल्स पावर कम्पनीको आज(साउन ३१ गते) देखि आईपीओ बिक्री खुल्ला गरेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले २४ लाख ६७ हजार ४ सय कित्ता सेयर निष्काशन गरेको हो । त्यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३ सय ४८ कित्ता कर्मचारीको लागि, ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३ सय ७० कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता सर्वसाधारणले आवेदन दिन सक्नेछ । सो आईपीओ कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरेपछि अहिले सर्वसाधारणको लागि निष्काशन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको आईपीओमा छिटोमा भदौ ५ हुनेछ भने, सो अवधिमा पूर्ण आवेदन नपरेमा आवेदन म्याद भदौ १४ गतेसम्म लम्बिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापीटल रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्