Skip to content
Shikhar Insurance
National Life

बिट क्वाईन, क्रिप्टोकरेन्सी, हाइफर फण्ड र नेटवर्क मार्केटिङ विरुद्ध राष्ट्र बैंकको चौथो चेतावनी

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिट क्वाईन, क्रिप्टोकरेन्सी, हाइफर फण्ड र नेटवर्क मार्केटिङ विरुद्ध राष्ट्र बैंकको प्रयोगकर्तामा पटक/पटक चेतावनी दिइरहेको छ । केन्द्रीय बैंकले सोमबार एक सुचना जारी गर्दै नेपालमा कुनै पनि प्रकारको बिट क्वाईन, क्रिप्टोकरेन्सी, हाइफर फण्ड र नेटवर्क मार्केटिङ गैर कानुनी भएको उल्लेख गर्दै सोमा संल्गनलाई कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

यसअघि २०७४ साउन २९ गते, २०७८ भदौ २४ गते र २०७८ फागुन ९ गते राष्ट्र बैंकले बिट क्वाईन, क्रिप्टोकरेन्सी, हाइफर फण्ड र नेटवर्क मार्केटिङ अन्तरगर्तको कारोबार/व्यवसाय गैरकानुनी रहेको भन्दै सो बारे ध्यानाकर्षण गराएको थियो ।

नेपामा विदेशी विनिमय वा मुद्रको रुपमा भर्चुअल करेन्सी/ क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको, नेपालमा कानुनी ग्राह्य नभएको र नेपाल सरकारबाट जमानत प्राप्त नभएको उल्लेख गर्दै बिट क्वाईन, क्रिप्टोकरेन्सी, हाइफर फण्ड र नेटवर्क मार्केटिङमा सम्पत्ति शुद्धीकरण तथा आतड्ढकारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरु अन्तरनिहित हुने विषयसमेत राष्ट्र बैंकले स्मरण गराएको छ ।

जारी सुचनामा भनिएको छ, ‘नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी संस्था ९विदेशी समेत० र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा दर्ता भई नेपालबाहिर रहेका फर्म, कम्पनी संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यलय तथा एजेन्सीहरुले कुनै पनि भर्चुअल करेन्सी,क्रिप्टोकरेन्सी पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपर फण्डको कारोबार गरे/ गराइएको पाइएमा तथा सोको प्रयोग, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङ सम्बन्धि कार्य गर्ने वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्