काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबारको दिन सुनको मूल्य घटेको छ । सोमबार छापावल सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो । सो दिन छापावल सुन प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन ९७ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन पनि घटेको जनाएको छ । सोमबार तेजावी सुन प्रतितोला ४ सय रुपैयाँले घटेर ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९७ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघका अनुसार चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १२ सय ५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।
प्रतिक्रिया दिनुहोस्