काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थको आईपीओ भदौ ८ गते देखि बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले अंकित मूल्य १०० रुपैयाँको दरले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ रुपैयाँ छ । आईपीओ जारी गरेपछि लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ ।
लघुवित्तले जारी गर्न लागेको कुल सेयर मध्ये ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुको लागि, ६ हजार ६ सय कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरि बाँकी रहेको १ लाख २३ हजार ४ सय कित्ता सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो । लघुवित्तको आईपीओमा सर्वसाधारणले छिटोमा भदौं १२ गते र ढिलोमा भदौ २२ गतेसम्म अवेदन दिन सक्नेछ ।
लघुवित्तले जारी पूँजी ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्