Skip to content
Shikhar Insurance
National Life

बीमा विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित, लागु हुन राष्ट्रिय सभाको पारित पर्खाई

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रस्ताव गरिएको करिब ४ वर्षपछि बीमा विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ । प्रतिनिधि सभाले यसअघि अर्थ समितिले प्रतिवेदनसहित पठाएको बीमा विधेयक माथिको संशोधन समेत समावेश गरी आइतबार पारित गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बीमा विधेयक २०७५ लाई संशोधन गरी बीमा विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । सोही पस्ताव आइतबार प्रतिनिधि सभाको बैठकले पारित गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको बीमा विधेयक २०७५ संशोधन सहित बीमा विधेयक २०७९ को रुपमा पारित भएको हो । उक्त विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएपछि मात्रै राष्ट्रपति समक्ष स्वीकृतिको लागि पुग्नेछ।

अर्थसमितिले संसदमा पेश गरेको बीमा विधेयकको दफा एकदेखि १२४ सम्मका बुँदाहरुलाई बिधेयकको अंग बनोस भन्ने प्रस्ताव संसदबाट पारित भएको छ । संसदले उक्त प्रस्ताव पारित गरे सँगै यस बाहेकका एक देखि १७२ सम्मका बुँदा तथा अनुसुची पनि संसोधन विधेयकको अंग बनोस भन्ने प्रस्ताव निर्णयार्थ पारित भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्