Skip to content
Shikhar Insurance
National Life

एमओयू अगावै ‘मर्जर हुँदै छौं’ भन्ने कम्पनीलाई बोर्डले कारवाही गर्ने, सेयर कारोबार १५ दिनमात्रै रोक्का

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मर्जर तथा प्राप्तिमा जानको लागि प्रारम्भिक सम्झौता नहुँदासम्म सो सम्बन्धि सुचना चुहाउने सुचीकृति कम्पनीलाई कारबाही गर्ने भएको छ । सेबोनले संगठित संस्था आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका, २०७९ को मस्यौदा सार्वजनिक गर्दै सो व्यवस्था गर्ने उल्लेख गरेको हो ।

जारी निर्देशिकाको प्रारम्भिक मस्यौदामा भनिएको छ–‘गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी जानकारी राख्ने संगठित संस्थाका संचालक, कर्मचारी, तथा अन्य सम्बन्धित पक्षले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना तथा जानकारी सार्वजनिक गर्न पाइनेछैन ।’
यसरी गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना तथा जानकारी सार्वजनिक गरेमा सो सम्बन्धि सुचना सार्वजनिक गर्ने संस्थाका संचालक, कर्मचारी तथा अन्य सम्बन्धित पक्षले संगठित संस्थाको कम्पनी सचिव समक्ष लिखित प्रतिबद्धता पेश गर्नु सेबोनले उल्लेख गरेको छ ।

साथै, गाभ्ने गाभिने वा प्राप्तिको प्रकृयामा रहेका कम्पनीको १५ दिनमात्रै सेयर कारोबार रोक्का राखिने सो निर्देशिकाको प्रारम्भिक मस्यौदाले भनेको छ ।
‘धितोपत्र बजारले उपदफा (१) बमोजिम एकीकृत व्यवसायिक कारोवार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन शेयर कारोवार रोक्का राख्नुपर्नेछ ।’

तर अर्को संस्थालाई गाभ्ने अर्थात प्राप्ति गर्ने संस्थाको भने कारोबार रोक्का राख्नु नपर्ने सेवोनले व्यवस्था गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE