काठमाडौं । एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेश्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसी र इन्टरनेशनल फाइनान्स कर्पोरेशनको दक्षिण एशिया क्षेत्रिय निर्देशक हेक्टर गोमेज आङ्गबीच उक्त समझदारी आदान प्रदान भएको थियो ।
यो कर्जाले हालको असहज परिवेशमा उत्पादन मुलक क्षेत्रमा कर्जा लगानी बढाउन मदत पुग्नेछ । एनएमबि बैंक चार बर्षको अवधिमा आइएफसिबाट लगातार तीन पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ ।
यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोभिड-१९ को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपुर्ति गर्न र उक्त क्षेत्रहरूमा नयाँ उद्यमीहरूलाई प्रोत्साहित गर्न सक्षम बनाउँने बैंकका विश्वास सिइओ केसीको छ ।
बैंकको कर्जाको कुल ४५ हजार ग्राहकमा ५०% साना तथा मझौला क्षेत्रका छन्, आइएफसीबाट लिएको स्रोत पनि यहीँ क्षेत्रमा लगानी गर्नको लागि लिइएको हो । मुख्यत निर्यात प्रवर्द्वन, रोजगारी सृजना गर्ने क्षेत्रहरू शिक्षा, कृषि, पर्यटन लगायतलाई प्राथमिकतामा राखेका छौँ ।
सो कर्जा सहयोगले बैंकलाई तरलता व्यवस्थापनमा ठूलो सहयोग पुगेको उनको भनाइ छ । प्राप्त कर्जा सहयोगलाई रियल इकोनोमिमा लगानी गर्ने उनको प्रतिवद्वता हो । एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।
बैंकले २०१७, २०१८, २०२०/ २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्