Shikhar Insurance
National Life

१८.९६ अंकले घट्यो नेप्से, हिमालयन हाइड्रोपावरको सेयर पोजेटिभ सर्किट

सिंहदरबार संवाददाता
२०७९ श्रावण २६, बिहीबार १६:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । बिहिबार पनि सेयर बजार ओरालो यात्रा कायम रहेको छ । गत सोमबार देखि निरन्तर ओरालो लागेको सेयर बजारले आज (बिहिबार) पनि निरन्तरता पाएको हो । पछिल्लो ४ दिनको कारोबारमा नेप्से परिसूचक ७८ अंक घटेको छ ।

बिहिबार नेप्से परिसूचक १८.९६ अंकले घटेर २,०३७.९२ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ४.०८ अंकले घटेर ३९१.६७ को विन्दुमा बन्द भएको हो ।

बिहिबार दिनभरी २२३ कम्पनीको ६२ लाख ९८ हजार ६ सय ३८ कित्ता सेयर १ करोड ७६ १० लाख २३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । सो दिन कारोबारमा आएको ३२ कम्पनीको सेयर मूल्य बढेको छ । १५० कम्पनीको घटेको छ । भने २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा शिवम सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको ७ करोड २७ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

त्यसैगरि, हिमालयन डिस्टिलरीको ६ करोड १२ लाख १५ हजार, नेष्डो समृद्ध लघुवित्तको ५ करोड ४६ लाख ९७ हजार, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ६१ लाख ५१ हजार र नबील बैंकको ४ करोड ५१ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

बिहिबार हिमालयन हाइड्रोपावर कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको हो । यूनिभर्सल नेपाल कम्पनीको सेयरधनीले सबैभन्दा धेरै ८.२३ प्रतिशतले गुमाएको छ ।

१३ वटा समूहगत उपसूचकहरु मध्ये १२ वटा घटेको छ । भने, आज म्युचुअल फन्डमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । सो दिन म्युचुअल फन्ड ०.४६ प्रतिशतले बढेको हो ।
कम्पनीको सेयर

GBIME

प्रतिक्रिया दिनुहोस्