काठमाडौं । सिद्धार्थ क्यापिटलले दुई म्युचुअल फन्डका लगानीकर्तालाई प्रतिफल दिने भएको छ । क्यापीटलले गत आर्थिक वर्षको लागि सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ का इकाइ धनीहरुलाई ९ र १० प्रतिशतले प्रतिफल सवतरण गर्न लागेको हो ।
क्यापिटलको साउन २५ गते बसेको संचालक समितिको बैठकले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
क्यपिटलले सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ का इकाइ धनीहरुलाई कर सहित १० प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । यस म्युचुअल फन्डका लगानीकर्ताहरुले १२ करोड रुपैयाँ बराबरको प्रतिफल प्राप्त गर्ने छ ।
क्यापिटलले सिद्धार्थ इक्विटी फन्डको इकाइधनीले पनि कर सहित ९ प्रतिशत प्रतिफल प्रप्त गर्नेछ । यस सिद्धार्थ इक्विटी फन्डको इकाइधनीले १३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिफल प्राप्त गर्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस्