काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक १.५८ अंकले बढेर २,०६४.३८ को विन्दुमा पुगेको छ ।
त्यस्तै, ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स भने ०.७९ अंकले घटेर ३९६.६४ को विन्दुमा ओर्लिएको हो ।
बुधबार प्रिओपन सेसनमा १७ कम्पनीको ७ सय १६ कित्ता सेयर ७ लाख ९९ हजार रुपैयाँमा खरिबिक्री भए । कारोबारमा आएको ११ कम्पनीको सेयर मूल्य बढेको छ । भने ६ कम्पनीको सेयर मूल्य घटेको छ ।
सो सेसनमा कारोबार रकमको आधारमा सिटिजन इन्भेष्टमेण्ट शीर्ष स्थानमा छ । कम्पनीको ३ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।
बुधबार प्रिओपन सेसनमा ५ कम्पनीको मूल्य २ प्रतिशतले बढेको छ । सिटिजन बैंक, शिवम सिमेन्ट, सिटिजन इन्भेष्टमेण्ट, गुडविल फाइनान्स र माउन्टेन इनर्जी नेपालको सेयर मूल्य २/२ प्रतिशतले बढेको हो । नेपाल हाइड्रोपावर कम्पनी र राधि हाइड्रोपावर कम्पनीको सेयरधनीले २ प्रतिशतले गुमाएको छ ।
सो सेसनमा समूहगत उपसूचकहरु ६ वटा बढेको छ । २ वटा उपसूचक घटेको छ ।
प्रतिक्रिया दिनुहोस्