काठमाडौं । साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर भएपछिको हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य आज (साउन २४ गते) नेप्सेमा सूचिकृत भएको छ । आजबाट हिमालयन एभरेष्टको नामबाट धितोपत्रको सूचिकृत गरेको हो । कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँको दरले २ करोड २३ लाख ९९ हजार ३ सय ६७ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीको मर्जर पछि पहिलो कारोबारको लागि नेप्सेले ओपनिङ्ग रेन्ज ५ सय १० रुपैयाँ ४८ पैसा तोकेको छ ।
हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच १ः०.८५ को अनुपातमा मर्ज भएको थियो । हिमालयन एभरेष्ट इन्स्योरेन्सले साउन १ गते देखि नै एकिकृत कारोबार सुरु गरेको हो । नेप्सेले कम्पनीको सेयरलाई एचइआई संकेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्