काठमाडौं । नेपाल टेलिकमको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको २० प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीले गत वर्षको मुनाफाबाट सेयर धनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सो सेयर आज (साउन २४ गते) मंगलबार नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीको ३ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको सूचिकृत सेयर सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिन्छ ।
कम्पनीको गत आर्थिक वर्षको अन्त्यमा चुक्ता पुँजी १५ अर्ब रुपैयाँमा २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । कम्पनीको बोनस सेयर वितरण पछि चुक्ता पुँजी १८ अर्ब रुपैयाँ पुगेको छ । हाल धितोपत्र बजारमा कम्पनीको सूचिकृत सेयर कुल १८ करोड कित्ता भएको छ ।
प्रतिक्रिया दिनुहोस्