काठमाडौं । महालक्ष्मी विकास बैंकले निक्षेपकर्ताले पैसा जम्मा गरेको ७० महिनमै डलब हुने योजना सार्वजनिक गरेको छ । बैंकले सबै भन्दा छिटो पैसा डबल नयाँ मुद्दती योजना महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक गरेको हो ।
बैंकमा निक्षेपकर्ताले मात्र १० हजार रुपैयाँ मै मुद्दती खाता खोली ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ पैसा राख्दा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम भुक्तानी गर्ने बैंकले उल्लेख गरेको छ । बैंकमा जुनसुकै बचत खाता खोल्ने ग्राहकले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्नेछन् ।
विगतदेखि नै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सञ्चालनमा ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने बैंकले विस्वास लिएको छ ।
प्रतिक्रिया दिनुहोस्