Shikhar Insurance
National Life

माछापुच्छ्रे बैंकद्वारा नवटोल सुधार समितिलाई २५ थान कुर्सी हस्तान्तरण

सिंहदरबार संवाददाता
२०७९ श्रावण २२, आईतवार १८:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रेले नवटोल सुधार समितिलाई २५ कुर्सी सहयोग स्परुप हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौको सुकेधारा स्थित नवटोल सुधार समिति, नयाँकोलोनी सुकेधाराको सक्रियतामा स्थापित एवं संचालित नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्र का.म.न.पा. ४ को लागि कुर्सी हस्तान्तरण गरेको हो ।

सो कुर्सी एक कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य जय मुकुन्द खनाल, हरि भक्त सिग्देल र बैंकका नायब प्रमुख (दायित्व व्यवस्थापन तथा बाह्य मामिला) प्रतिमा पाण्डेले नवटोल सुधार समितिलाई हस्तान्तरण गरेका हुन् । सो सहयोगले जेष्ठ नागरिकलाई पुस्तकालयमा सहजता प्रदान हुने बैंकले विस्वास लिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

माछापुच्छ्रे्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाई सहयोग गर्दै आएको छ । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा, २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्