काठमाडौं । साताको पहिलो कारोबारको दिन प्रिओपन सेसनमा नेप्से परिसूचक ४.१४ अंकले घटेर २,१०९.४१ को विन्दुमा पुगेको छ ।
त्यस्तै ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.२९ अंकले घटेर ४०६.१६ को विन्दुमा पुगेको हो ।
सो सेसनमा कारोबारमा आएका ९ कम्पनीको सेयर मूल्य बढेको छ । १३ काम्पनीको घटेको छ । भने, ३ कम्पनीको सेयर मूल्य स्थिर छ ।
प्रिओपन सेसनमा फर्वाड लघुवित्तवित्तीय संस्थाका सेयरधनीले सबैभन्दा धेरै २ प्रतिशतले कमायका छन् । सिटिजन इन्भेष्टमेण्ट र एनएमबी बैंकको सेयरधनीले २ प्रतिशतले गुमाएका छन् ।
सो सेसनमा २५ कम्पनीको २ हजार ५ सय ५४ कित्ता सेयर १८ लाख १४ हजार रुपैयाँमा खरिदबिक्री भए ।
कारोबार रकमको आधारमा नबील बैंक शीर्ष स्थानमा छ । बैंकको ३ लाख ७ हजार रुपैयाँ बराबरको सेयर खरिबिक्री भए । सो सेसनमा समूहगत उपसूचकहरुमा लाइफ इन्स्योरेन्स र माइक्रोफाइनान्स समूह बढेको छ ।
प्रतिक्रिया दिनुहोस्