Skip to content
Shikhar Insurance
National Life

सिद्धार्थ इन्स्योरेन्सले कमायो ३२ करोड नाफा, प्रिमियरसँग मर्जरमा जाने कम्पनीको यस्ता छन् अरु सूचक

Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनले गत आर्थिक वर्षमा ३२ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०७८ असार मसान्तमा ३५ करोड एक लाख ९१ हजार नाफा गरेको कम्पनीको नाफा २०७९ असार मसान्तमा भने ८.३२ प्रतिशतले घटेर ३२ करोड १० लाख ७१ हजारमा सीमित भएको हो ।

कम्पनीले गत असार मसान्तसम्ममा दुई अर्ब ६१ करोड ७६ लाख ४२ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ । सो रकम गत आवको तुलनामा १.६१ प्रतिशतले कम हुन आउँछ । २०७८ असार मसान्त अवधीमा कम्पनीको खुद बीमा शुल्क दुई अर्ब ६५ करोड ९५ लाख रुपैयाँ थियो ।
२०७८ असार मसान्तमा कम्पनीले ५७ करोड ३७ लाख ९१ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो भने २०७९ असार मसान्तमा ६९ करोड २४ लाख ३६ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको जगेडा कोषमा ३१ करोड २६ लाख छ भने बीमा कोषमा एक अर्ब १६ करोड ८३ लाख रुपैयाँ रहेको छ । कम्पनीले असार मसान्तसम्ममा एक लाख ७९ हजार ९३ वटा पोलिसी जारी गरेको छ । त्यस्तै कम्पनीले तिर्न बाँकी दावी भुक्तानी एक अर्ब ३७ करोड ८४ लाख ५१ हजार रुपैयाँ रहेको छ ।

सिद्धार्थको प्रतिशेयर आम्दानी २४.९३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २२२.११ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.८१ छ । सिद्धार्थ र प्रिमियर इन्स्याोरेन्सले एक बराबर एकको स्वाप रेसियोमा मर्जरमा जाने समझदारी गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE