Shikhar Insurance
National Life

पिपुल्स पावरको आईपीओ साउन ३१ देखि, ५० हजार कित्तासम्म भर्न पाइने

सिंहदरबार संवाददाता
२०७९ श्रावण २२, आईतवार ०९:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । पिपुल्स पावर लिमिटेडको आईपीओ साउन ३१ गतेदेखि आउने भएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आईपीओ जारी गरिसकेको कम्पनीले अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

पिपुल्स पावरको प्रतिकित्ता एक सय दरका २४ लाख ६७ हजार ४ सय कित्ता आईपीओ शेयर निष्काशन हुनेछ । कुल निष्काशनमध्ये २ प्रतिशतले हुने ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुने एक लाख २३ हजार ३ सय ७० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याईएको छ । बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि सर्वसाधारणलेआवेदन दिन सक्नेछन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आईपीओमा न्यूनतम १० कित्तादेखि ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइन्छ । भदौ ५ गते निष्काशन बन्द हुने आईपीको बिक्रि प्रबन्धक भने प्रभु क्यापिटल हो । कम्पनीले केयर रेटिङ्ग नेपालबाट ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ्ग प्राप्त गरेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्