काठमाडौं । गत आर्थिक वर्षमा बैंक अफ काठमाडूको खुद नाफा ४.८६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आवको सोही अवधिमा १ अर्ब ८१ करोड बढी रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो । बैंकले गत असार २ गते ग्लोबल आइएमई बैंकसँग सेयर स्वाप रेसियो १ः१ अनुपातमा प्राप्ति हुने सम्झौता गरी सकेको छ ।
बैंकद्वारा सार्वजनिक गत आवको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३० करोड रुपैयाँ छ । हाल १० अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी कायम बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १२.२५ प्रतिशत लाभांश वितरण गर्नसक्ने देखिन्छ ।
गत आवको असार मसान्तसम्म बैंकले १ खर्ब ९ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसबाट बैंकले ४ अर्ब ३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । साथै सो अवधिमा बैंकले २ अर्ब ५३ करोड रुपैयाँ संचालन नाफा कमाएको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.१८ प्रतिशत, कस्ट अफ फण्ड १२.९४ प्रतिशत, बेसरेट ९.८३ प्रतिशत, स्प्रेडरेट ३.६१ प्रतिशत र सीडी रेसियो ८८.२५ प्रतिशत कायम छ । साथै, सो अवधिमा बैंकको प्रसितसेयर आम्दानी १७ रुपैयाँ ०४ पैसा, प्रतिसेर नेटवर्थ १ सय ६७ रुपैयाँ ७५ पैसा र मुल्य आम्दानी अनुपात २६.२७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्