Shikhar Insurance
National Life

प्रिओपन सेसनमा नेप्से ४.७२ अंकले बढ्यो

सिंहदरबार संवाददाता
२०७९ श्रावण १९, बिहीबार ११:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । बिहीबार प्रिओपन सेसनमा नेप्से परिसूचक ४.७२ अंकले बढेर २,१९१.४८ को विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सो सेसनमा ३८ कम्पनीको २ हजार २ सय १३ कित्ता सेयर १६ लाख ६७ हजार रुपैयाँमा खरिदबिक्री भए ।

कारोबार रकमको आधारमा मुक्तिनाथ विकास बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको २ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर खरिबिक्री भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रिओपर सेसनमा ५ कम्पनीको सेयर मूल्य २/२ प्रतिशतले बढेको छ । भने, सो सेसनमा सिभिल लघुवित्त वित्तीय संस्था र समलिङ्गी पावर कम्पनीको सेयरधनीहरुले सबैभन्दा बढी २ प्रतिशतले गुमाएको हो ।

प्रिओपन सेसनमा कारोबारमा आएको २५ कम्पनीको सेयर मूल्य बढेको छ । भने, १० कम्पनीको सेयर मूल्य घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्