Skip to content
Shikhar Insurance
National Life

विदेशी मुद्राको निक्षेपका १०% ‘ग्याप’ ब्याजदर नीति लागू, महिना शुरु हुनुपुर्व ब्याजदर प्रकाशित गर्नुपर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशीमा मुद्राको निक्षेपमा १० प्रतिशतसम्म ब्याजदर थपघट गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एककीकृत निर्देशन २०७८, मा संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै विदेशी मुद्राको निक्षेपमा पनि साधारण निक्षेपमा जस्तै ब्याजदर परिवर्तन नीति लिएको हो ।

बैंक तथा वित्तीय संस्थाले अघिल्लो महिनामा कायम ब्याजदरको १० प्रतिशतले पछिल्लो महिनामा थपघट गरेर नयाँ ब्याजदर निर्धारण गरी ब्याजदरसम्बन्धी सूचना नेपाली महिना शुरु हुनु पूर्व प्रकाशित गर्नुपर्ने हुन्छ । सोही व्यवस्था विदेशी मुद्राको निक्षेपमा पनि गरिएको हो । संशोधित निर्देशनमा भनिएको छ ‘नक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न सकिनेछ ।

आगामी महिनाको लागि निक्षेपमा (स्वदेशी तथा विदेशी मुद्रा) लागु हुने ब्याजदरसम्बन्धी सूचना नेपाली महिना शुरु हुनु पूर्व प्रकाशित गरिसक्नुपर्ने छ । तर, नेपाल राष्ट्र बैंकले तय गर्ने बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सकिनेछ ।’
विदेशी मुद्राको निक्षेपमा बैंकहरुले् मनपरी ब्याजदर दिन थालेपछि नियन्त्रण गर्न राष्ट्र बैंकले उक्त नीति लिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्