Shikhar Insurance
National Life

नेपाल एसबिआईको खुद नाफामा ७० प्रतिशतको वृद्धि, लगानीकर्तालाई १४.७४ प्रतिशत लाभांश !

सिंहदरबार संवाददाता
२०७९ श्रावण १८, बुधबार ०८:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल एसबिआइको खुद नाफामा ७०.०४ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ९६ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आवको सोही अवधिमा १ अर्ब ६३ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । सो अवधिमा बैंकले ६७ करोड ४८ लाख रुपैयाँ खुद नाफा थप गरेको हो ।

बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार सो अवधिमा बैंकले १ अर्ब ४४ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । सो अवधिमा बैंकको चुक्ता पुँजी ९ अर्ब ८२ करोड रुपैयाँ कायम हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीलाई १४.७४ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आवको असार मसान्तसम्म बैंकले १ खर्ब १९ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जस वापत बैंकले ४ अर्ब ४० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको भन्दा ५३.७२ प्रतिशत बढी हो । साथै बैंकले सो अवधिमा २ अर्ब ३६ करोड रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६७ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ७४ रुपैयाँ ३५ पैसा र मुल्य आम्दानी १६.६७ गुणा रहेको छ । गत असार मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ०.१५ प्रतिशत, कस्ट अफ फण्ड १३.३२ प्रतिशत, बेसरेट ९.६१ प्रतिशत, सीडी रेसियो ८६.८६ प्रतिशत र स्प्रेडरेट ४.३६ प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्