Shikhar Insurance
National Life

मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड मिति तोकियो, आइपीओ पर्न भाग्यकै भर

सिंहदरबार संवाददाता
२०७९ श्रावण १६, सोमबार १८:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर भोलि मंगलबार बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार आइपीओ भोलि ( साउन १७ गते) साँझ ४ बजे कम्पनीको केन्द्रिय कार्यलयमा नारायणचौर नक्सालमा बाँफाँड हुनेछ ।

कम्पनीले साउन ९ गते देखि १२ गते सम्म सर्वसाधारणको लागि सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीले अंकित मूल्य रु १०० रुपैयाँको दरले ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता सेयर निष्काशन गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले निष्काशन गरेको कुल सेयर मध्ये ५ प्रतिशत अर्थात ५८ हजार ८ सय ३ कित्ता सामूहिक लगानी कोषको लागि र २ प्रतिशत अर्थात २३ हजार ५ सय २१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको १० लाख ९३ हजार ७ सय ४८ कित्ता सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको थियो ।

कम्पनीको सेयरमा अन्तिम दिनसम्म अवेदन दिनेको संख्या १६ लाख १० हजार ९ सय २६ जना थिए । कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको कारण आइपीओ बाँडफाँड गोलाप्रथाबाट गरिने छ । कम्पनीको सेयर न्युनततम १० कित्ताको दरले वितरण हुनेछ । मागभन्दा धेरै आवेदन परेकोले सो कम्पनीको आइपीओ पाउनका लागि भाग्यकै भरमा बस्नुपर्ने भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्