काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर सूचिकृत भएको छ । नेपाल फाइनान्सको ७० प्रतिशत हकप्रद सेयर र गरीमा विकास बैंकको १६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
नेपाल फाइनान्सले बैशाख २० गतेसम्म कायम सेयरधनीहरुका लागि बिक्री गरेको २३ लाख १९ हजार ७ सय ५८ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो । भने, गरीमा विकास बैंकले गत आवको मुनाफबाट सेयर धनीहरुलाई ६३ लाख १७ हजार ९२ कित्ता बोनस सेयर वितरण गरेको थियो । सो सेयर साउन १५ गते नेप्सेमा सूचिकृत भएको हो ।
उक्त सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि मात्रै नेप्सेमा कारोबार गर्न पाइन्छ ।
प्रतिक्रिया दिनुहोस्