Skip to content
Shikhar Insurance
National Life

लगानीकर्ता खोज्दै देवचुलीका मेयर काठमाडौंमा, सहजीकरण गर्ने प्रतिवद्धता

Hyundai
NCELL
NIMB

काठमाडौं । नवलपरासीको देवचुलीका मेयर लगानीकर्ता खोज्दै काठमाडौं आईपुगेका छन् । आफ्नो नगरपालिका क्षेत्रमा लगानी गरिदिन आग्रह गर्दै देवचुलीका मेयर हरिप्रसाद न्यौपानेले नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्वलाई भेटेरै आफ्नो नगर क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् । उनले निजी क्षेत्रका लगानीकर्ताका लागि आवश्यक स्थानीय कानुनहरु निर्माण तथा संसोधन गरेर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

महासंघका अध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाई सहभागी रहेको भेटवार्तामा भ्रमणको उद्देश्यमाथि प्रकाश पार्दै मेयर हरिप्रसाद न्यौपानेले देवचुलीमा लगानी गर्न आउने लगानीकर्तालाई स्थानीय सरकारकातर्फबाट गर्नुपर्ने सवै प्रकारको सहयोग गर्न आफूहरु तयार रहेको विश्वास दिलाएका थिए ।

नेपाल उद्योग वाणिज्य महासघको राष्ट्रिय अन्तराष्ट्रियतहमा बलियो प्रभाव रहेकाले महासंघमार्फत स्वदेशी एवं विदेशी लगानी भित्रयाउने कार्यमा सहयोग गरिदिन मेयरले आग्रह गरे । ‘महासंघका पदाधिकारीज्यूहरू आफैपनि ठूला लगानीकर्ताहरू हुनुहुन्छ, तपाईहरूको सहयोग हाम्रो क्षेत्रले खोजेको छ । लगानीको वातावरण निर्माण सहित सवै सहजीकरणका लागि हामी तयार छौं’,मेयर न्यौपानेले भने ।

महासंघका अध्यक्ष गोल्छाले देवचुलीमा स्थानीय सरकार र निजी क्षेत्रको संस्था उद्योग वाणिज्य संघ बीचको सहकार्यदेखेर आफू अत्यन्त प्रभावित भएको बताउंदै देवचुलीमा रहेको सम्भाव्यताका सम्बन्धमा विज्ञको सहयोगमा ठोस अध्ययन गराई त्यसैको आधारमा त्यस क्षेत्रको विकासमा अगाडि बढ्न सुुझाव दिए ।

महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाईले स्थानीय सरकार र उद्योग वाणिज्य संघ बीच सहकार्यको यो प्रयासले नै त्यस क्षेत्रमा अर्थिक विकासको बलियो सम्भावना रहेको बताउने धारणा राखे ।
स्थानीय सरकार र निजी क्षेत्र बीचको सहकार्यलाई स्थानीय ऐनले पनि महत्वपूर्ण प्राथमिकता दिएकाले राजस्व संकलन, बस पार्क, मनोरज्जन पार्क, केवलकार निर्माण, सरसफाई लगायतका क्षेत्रमा काम गर्न सकिने बताए । नगरपालिका र संघ मिलेर आफ्ना क्षेत्रका सम्भाव्यता पहिचान गरी त्यसैको आधारमा दिगो रुपमा सहकार्य गर्न सहमतीपत्र हस्ताक्षर गरेर जानपनि उपाध्यक्षहरूले सुुझाव दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्