काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु अन्तिम पटकका लागि प्रधानमन्त्री बन्न इच्छुक रहेको बताएका छन् । राजधानी काठमाडौंमा पार्टीको सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा उनले आफु अन्तिम पटक प्रधानमन्त्री बनेर सम्झन लायक काम गर्न आतुर रहेको बताएका हुन् ।
‘विकास, सुशासन, समृद्धि यसरी हुन्छ भनेर देखाउनुछ । मलाई भन्नुहुन्छ भने यो मेरो लास्ट इनिङ होस् । यो लास्ट इनिङ पछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु ।’ प्रचण्डले भने ।
उनले आगामी निर्वाचनमा आफ्नो पार्टी दोश्रो हुने दावी पनि गरे । काँग्रेसलाई पहिलो दल हुन सघाउँदा माओवादी केन्द्रलाई दोश्रो बन्न सहयोग गर्नुपर्ने सर्त अघि सारेका हुन् । प्रचण्डले स्थानीय तहको निर्वाचनमा केहि अन्तरघात र केहि हदसम्म काँग्रेसको असहयोगका कारण आफुहरु तेश्रो दलमा खुम्चिनु परेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्