काठमाडौं । काठमाण्डौं विश्वविद्यालयको कर्मचारी फाँटका विभागीय प्रमुख यौन दुर्व्यवहारको आरोपमा मुछिएका छन् । केयुका लजिष्टिक हेड नबिन्द्र पौडेलमाथि यौन दुर्व्यवहारको आरोप लागेको हो । उनले आफ्नै महिला सहायक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको हो ।
सत्तारुढ नेकपा(एकिकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले विज्ञप्ति नै निकालेर पौडेललाई कानुनी कठघरामा ल्याउन माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्