Skip to content
Shikhar Insurance
National Life

पत्ता लाग्याे एम अधिकारीको वास्तविकताः ‘एम अधिकारी गभर्नर नै हुन कारवाही होस्’–सांसद महत

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र बहादुर महतले एम अधिकारीको वास्तविकता पत्ता लगाएका छन् । उनले शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एम अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नै भएको पुष्टी गर्दै कारबाहीको माग गरेका हुन् ।

नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारीको नाम सार्वजनिक भएयता राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विवादमा छन् । उनी नै एमालेको सो विभागमा सदस्य रहेको भन्दै समचार सार्वजनिक भएपछि प्रतिपक्ष दलका नेताहरुले छानबिनको लागि संसदमा आवाज उठाएका थिए ।

तर, नेकपा एमाले एम अधिकारी राष्ट्र बैंकका गभर्नर नभएको स्पष्टिकरण दिएपनि प्रमाण भने सार्वजनिक गर्न सकेको छैन । त्यसैले सो विषय अझै विवादित नै छ ।
सो विषयमा सांसद महतले केही समय अघि समिति बनाएर छानबिनको माग गरेका थिए । तर सदनले आफ्नो कुरा नसुनेपछि स्यम एम अधिकारीको वास्तविकता पत्ता लगाउनतर्फ लागेको उनले बताए । आफ्नो खोज अनुसन्धानमा एक अधिकारी भनेको राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नै भएको हुँदा तत्काल कारबाही हुनु पर्ने उनको भनाइ छ ।

‘केही समयअघि अर्थमन्त्रालयको सीसीटिभी फुटेज र एम आधिकारीको बारेमा यही सदनमा कुरा उठेको थियो । जनार्दन शर्माले बजेट निर्माण गर्दाको सीसीटिभी फुटेज खोज्न समिति बन्यो तर, एम आधिकारीको बारेमा खास्सै सुनुवाइ हुन सकेन । सीसीस्टिभी फुटेज खोज्ने समितिपनि केही हात नलागेको भन्दै फिर्ता हुँदैछ । मैले पहिलेपनि भनेकै हो सीसीटिभी फुटेज खोज्न तिर नलागौं, बरु एम अधिकारी खोज्न तिर लागौं भनेको थिए, तर उहाँहरुले लामो समय खेर फ्याँक्नु भयो ।’

एम आधिकारीको वास्तविकता लुकाउनलाई प्रतिपक्ष दलका नेताहरुले ठुलै संर्घष गरेको भएपनि संसदमा उठेको विषयको आफु निचोड सम्म पुगेरै छाड्ने उनको अठोट छ ।

‘एम अधिकारीका थर र पार्टीका मानिसले नखोजेपनि संसदमा उठेको विषयलाई सदनले नखोजेपनि सांसद भएको नाताले मैले त खोज्नै पर्यो, म त रात दिन लागिरहेको छु, मैले प्रमाण पनि भेटाए एम पात्र गभर्नर नै रहेछन् ।’

एम अधिकारी भनेको गुगल गर्दापनि राष्ट्र बैंकको गभर्नर नै देखिएको उनको तर्क छ ।

‘एम भनेको मनी र अधिकारी भनेको अधिकार भएको व्यक्ति भन्ने बुझाउने रहेछ । त्यसैले एम अधिकारी भनेको पैसाको ढुकुटीमा अधिकार भएको व्यक्ति हो । नेपालमा राज्यको पैसा र ढुकुटीको अधिकारी भएको व्यक्तिलाई नै एम अधिकारी भनिने रहेछ । एम अधिकारी खोज्ने समिति त बनेन् तर मैले एक्लै एम अधिकारी खोजेर पत्ता लगाएको छु, ढुकुटीमा अधिकार भएको व्यक्ति राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी सभामुख सामु बुझाएको छु उहाँ माथि कारबाही होस् ।’

GBIME

प्रतिक्रिया दिनुहोस्