Shikhar Insurance
National Life

प्रिआपन सेसनमा नेप्से २.८४ अंकले बढ्यो, सिटिजन इन्भेष्टमेण्टको सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०७९ श्रावण १३, शुक्रबार ११:११
Hyundai
NCELL
NIMB

काठमाडौं । शुक्रबार प्रिओपन सेसनमा सेयर काराेबार मापक नेप्से परिसूचक २.८४ अंकले बढेको छ । सो सेसनमा ठुला कम्रपनीकाे सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.०७ अंकले बढेको हो । सो दिन प्रिओपन सेसनमा समूहगत उपसूचकहरु ६ वटा बढेको छ ।

कारोबारमा आएका १३ कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर छ । प्रिओपन सेसनमा १५ कम्पनीको १ हजार ९ सय १ कित्ता सेयर ८ लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो सेसनमा ३ कम्पनीको सेयर मूल्य सर्वाधिक २ प्रतिशतले बढेको छ । नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन इन्भेष्टमेण्टको र आरम्भ चौतारी लघुवित्तको सेयर मूल्य दुई/दुई प्रतिशतले बढेको हो ।

कारोबार रकमको आधारमा सिटिजन इन्भेष्टमेण्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४ लाख ६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

GBIME

प्रतिक्रिया दिनुहोस्